कार्यालयको कार्यविवरण

  1. प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रुपमा रही प्रदेश र स्थानिय तहसंग समन्वय, सहजिकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यान्वयन गर्ने।
  2. कार्यक्षेत्र भित्रका जिल्लाहरु तथा स्थानीय स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर एवं संवेदनशिल औषधी तथा स्वास्थ्य सामाग्रीहरु भण्डारण तथा वितरइको योजना (मासिक,त्रैमासिक/चौमासिक,अर्धवार्षिक , वार्षिक) गरी कार्यान्वयन गर्ने।
  3. जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद/महामारी व्यवस्थापन, सहजिकरण र समन्वय गर्ने।
  4. जनस्वास्थ्य अभियान सञ्चालन तथा सहयोग, समन्वय र सहजिकरण गर्ने।
  5. स्थानीय सरकार र स्वास्थ्य निकायहरु विच समन्वय गर्ने।
  6. एकीकृत स्वास्थ्य सूचना विश्लेषण र अध्ययन गरी सो अनुसार योजना बनाउने एवं स्थानीय तहमा सहजिकरण तथा पृष्ठपोषण गर्ने।
  7. स्वास्थ्य सेवाको पहुँच , उपयोग बृद्धि गर्न आवश्यक योजना बनाउने, समन्वय तथा सहजिकरण गर्ने।
  8. सरकारी, निजी सहकारी द्वारा सञ्चालित स्वास्थ्य संस्थाहरु, कर्मचारीहरुको सुपरिवेक्षण, अनुगमन, नियमन तथा गुणस्तर सम्बन्धी कार्य गर्ने।
  9. संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिबृद्धि गर्ने।
  10. प्रादेशिक विशेष स्वास्थ्य एवं नियमित कार्यक्रमहरु (क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार नियोजन, मातृ शिशु स्वास्थ्य, सामाजिक सुरक्षा, विमा, विशेषज्ञ, स्वास्थ्य शिविर लगायत हात्तीपाइले, पोषण, दादुरा खोप, लगायत अन्य विशेष कार्यक्रमहरु) को सञ्चालन, समन्वय र सहजिकरण गर्ने।
  11. वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य प्रबर्धन एवं व्यवस्थापन कार्य गर्ने।
  12. जनसंख्यान व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  13. प्रदेश सरकारबाट तोकिएका कार्यहरु गर्ने।
  14. बहुक्षेत्रीय समन्वय सहजिकरण सम्बन्धी कार्य गर्ने
  15. आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक, व्यवस्थापन) सम्बन्धी कार्य गर्ने
Scroll to Top